Saturday, 28, November, 2020 info@saipalnews.com

मुना कार्की हत्या जटिल बन्दै ! प्रहरीले लियो मुना र विजयको मोबाइल

काठमाडौं । ललितपुरको सानेपामा घरमै रहेका कामदारबाट हत्या गरिएकी मुना कार्की र विजय दुवैको मोबाइल लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको सोमबार घरमै हत्या भएको थियो ।उनको हत्यापछि विजय चौधरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।अहिले दुवैजनाको मोबाइल डिटेल हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घरमा काम गर्ने अन्य महिला कामदार, ड्राइभर  र प्लम्बरसँग पनि बयान लिइसकेको जनाएको छ ।एसएसपी दुर्गा कार्कीले दिएको जानकारीअनुसार तीनैजनासँग बयान लिइसकिएको छ भने दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ ।उनीहरु दुवैको मोबाइलको कल डिटेल पनि सुक्ष्म रुपमा हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ । यो समाचार बाह्रखरीबाट साभार गरिएको हो ।