Wednesday, 21, October, 2020 info@saipalnews.com

सेनाले दियो पुल्चोक क्याम्पसलाई हेलिकोप्टर

फागुन १ काठमाडौँ । नेपाली सेनाले सेवा अवधि पुरा भएको एकथान एलोइट थर्ड हेलिकोप्टर त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई सहयोग स्वरुप उपलब्ध गराएको छ।सेनाले २ चैत्र २०७५ मा अन्तिम उडान गरेको हेलिकोप्टर अध्ययन अनुसन्धानका लागि क्याम्पसलाई उपलब्ध गराएको हो।नेपालमै पहिलो पटक संचालन भएको एरोस्पेश इन्जिनियरिङ अध्ययनमा व्यवहारिक ज्ञानको लागी उपलब्ध गराएको सेनाले जनाएको छ।

सेनाले विभिन्न काल खण्डमा महत्त्वपूर्ण कार्यहरुमा प्रयोग भएको सो हेलिकोप्टरले ४ हजार एक सय २१ घण्टा उडान तथा ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको छ। सेनाले हेलिकोप्टर सहित त्यसका पार्टपूर्जा समेत २९ माघमा हस्तानान्तरण गरेको हो।

नेपाली सेनाका संभाररथी उपरथी प्रभुराम शर्माले हेलिकोप्टर क्याम्पसलाई हस्तानान्तरण गरेका हुन्। रक्षा मन्त्रालयबाट स्विकृती भएबमोजिम हेलिकफटर र त्यसका पार्टपूर्जाहरु क्यमपसलाई दिएको हो।सेनाले राष्ट्रको लागी आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोगी होस भनेर हेलिकोप्टर र पाटपुर्जा दिएको जनाएको छ । यो समाचार हिमालखबरमा छ ।