Thursday, 01, October, 2020 info@saipalnews.com

खुड्किला–स्टेप टु इनोभेसन’ शनिबारदेखि

फागुन २ काठमाडौँ । बालबालिकामा प्रविधिका बारेमा जिज्ञासा बढाउने र भविष्य पनि प्रविधिकै क्षेत्रमा बनाउने उद्देश्यले इन्नोभेटिभ घर नेपालले ‘खुड्किला–स्टेप टु इनोभेसन’ आयोजना गर्ने भएको छ । इनोभेटिभ घर नामक संस्थाले युवा तथा बालबालिकालाई विद्यालयस्तरबाटै प्राविधिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

खुड्किला–स्टेप टु इनोभेसनले संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यलाई आत्मसाथ गरेर विद्यार्थीलाई वैज्ञानिक एवं तार्किक रुपमा सोच्न र विभिन्न समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कार्यक्रममा जलविद्युत्लाई प्रतिस्पर्धाको प्रमुख विषय बनाइएको छ । प्रतियोगितामा चार शीर्षकमा प्रतिस्पर्धी हुनेछन् ।

यही फागुन ४ देखि हुने कार्यक्रम एक हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक सुगम ढकालले जानकारी दिनुभयो । कूल २०  विद्यालयबाट ३०० प्रतियोगीको सहभागिता हुने आयोजकको भनाइ छ ।रासस