Saturday, 24, October, 2020 info@saipalnews.com

सूर्य थापालाई बर्खास्त गर्न सांसद किरातीको माग

फागुन ३ काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार  सूर्य थापालाई  जिम्मेवारीबाट बर्खास्त गर्न माग गरेका छन् ।जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति थापाले दिएपछि किराँतीले पार्टी एकता बिरोधीहरुलाई प्रधानमंत्रीले काँधमा बोकेको भन्दै तत्काल सूर्य थापालाई बर्खास्त गर्न माग गरेका छन् ।

शनिबार विहान राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा किरातीले थापाको भनाईप्रति असहमति जनाउँदै  जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो भन्दै प्रश्न समेत गरेका छन् ।  जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको आवरणमा बालुवाटारमा बसेर तर मार्ने कुरा स्वीकार गर्न नसकिने किराँतीको भनाई थियो ।  थापाको अभिब्यक्तिबाट आक्रोषित बनेका किरातीले  पार्टी एकता मन नपरेको भए  पार्टी फुटाएर अलग हुन चुनौतीसमेत दिए। ‘सूर्य थापाले आफूलाई मालिक ठानेको भन्दै किराँतीले छाडा सल्लाहाकार राखेर प्रधानमंत्री सफल नहुने बताए । उनले  जनयुद्ध इन्कार गर्ने कुरामा प्रधानमंत्री एवं पार्टी अध्यक्ष केपी ओलीको धारण सार्वजनिक हुनु पर्ने भन्दै किराँतीले भने ‘सूर्य थापासँग मात्र होइन, अब यो बिषय पार्टी र प्रधानमन्त्रीसँग पनि जोडिने बताए ।

राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर गल्ती भएकोप्रति प्रधानमन्त्रीले सार्वजनिकरुपमा माफि माग्नुपर्ने भन्दै किराँतीले  तत्काल पार्टी एकता बिरोधी सूर्य थापालाई बर्खास्त गर्न माग समेत गरे । उनलाई बर्खास्त नगरे  सरकार र पार्टीले गम्भीर क्षती  ब्योहोर्नु पर्ने बताए ।

पार्टीको निर्णयअनुसार नेकपाले विभिन्न कार्यक्रमहरु आयोजना गरि फागुन १ लाई २५ औं जनयुद्ध तथा जनआन्दोलनका सहिद स्मृति दिवसका रुपमा मनाइरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने जनयुद्धको भारी बोक्न र महिमा गाउनकालागि पार्टी एकता गरेको होइन भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।

पार्टी एकता बिरोधी कित्तामा रहेका ईश्वर पोखरेल निकट थापा बेला बेला पार्टी नेतृत्वमाथि जाईलाग्दै आएका छन् । नेताहरुको मानमर्दन गर्ने क्रम बालुवाटार प्रवेश गरेपछि झन् बढेको किराँतीको भनाई रहेको छ ।

जनयुद्धबारे नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको अन्तर्वार्ता । ९स्रोत ल्भ्ध्क्द्दद्ध टेलिभिजन टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले भनेका छन् जनयुद्ध खासमा जनयुद्ध थिएन। जनयुद्ध नभएकाले नै त्यो विसर्जन भएको हो। छाडिएको हो।

थापा प्रधानमन्त्रीको सल्लाहकारमा भर्खरै मात्र नियुक्त भएका हुन्। त्यस अघि उनको ठाउँमा डा. कुन्दन अर्यालले कार्यसम्पादन गर्दै आएका थिए । यसअघि थापा पूर्व प्रधानमन्त्री झलनाथ खनालका पनि प्रेस सल्लाहकार रहिसकेका छन्। तर उनको उक्त कार्यकाल पनि विवादमुक्त रहन सकेको थिएन।