Friday, 18, September, 2020 info@saipalnews.com

तीन वर्ष देखि बन्द जडीबुटी सङ्कलन खुला

फागुन ४ बाजुरा । गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द गरिको जडीबुटी सङ्कलनकार्य खुला गर्ने निर्णय गरेको छ ।  शनिबार बसेको  गाउँपालिकासभाले सो निर्णय गरेको हो  । साविकका मानाकोट र दहकोट गाविसको  जङ्गलबाट सङ्कलन गर्ने जडीबुटी प्रतिबन्ध गर्ने निर्णयलाई सभाले उल्टाइदिएको छ । दहकोटको अम्लिस, मल्लोदुगुनलगायतका सामुदायिक तथा राष्ट्रिय वनबाट जडिबुटी सङ्कलन गर्न दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

छैटौँ गाउँसभा तथा हिउँदे अधिवेशनबाट आर्थिक वर्ष ०७७/०७८ का लागि ३७ करोड बजेट प्रस्तावित गरेको छ । ३० वटा नीति तथा नियमावली पारित गरेको गाउँपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको र आन्तरिक आम्दानीबाट कूल  ३१ करोड ४५ लाख ९९ हजार ७ सय ५७ रहेको छ ।

सङ्घीय सरकारबाट आएको समानीकरण ७ करोड १० लाख, ससर्त अनुदान  १३ करोड २७ लाख २७ हजार, राजश्व बाँडफाँडबाट ५ करोड २९ लाख ६६ हजार ४ सय १६ र विशेष अनुदान २ करोड ९० लाख रहेको छ । प्रदेश सरकारबाट प्राप्त रकम राजश्व बाँडफाँड ५ लाख दुई हजार, विशेष अनुदान ७५ लाख, समानीकरण ६ लाख २५ हजार आन्त्रिक अल्या १ करोड ३९ लाख ९९ हजार ३४० रहेको  अध्यक्ष रोकायाले जानकारी दिए।