Sunday, 27, September, 2020 info@saipalnews.com

कानुन मन्त्री बनिन् तुम्बाहाङ्फे शपथ आजै ३ बजे

फागुन छ काठमाडौं । शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने भएकी छन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट आफनो सर्मथन फिर्ता लिएपछि उक्त पद खाली रहेको थियो । उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ ।