Saturday, 26, September, 2020 info@saipalnews.com

रक्षा मन्त्री पोखरेल जम्बो टोली लिएर सीमा निरीक्षणमा कालापानी पुगे

फागुन ५ बार्चुला । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणको लागि कालापानी क्षेत्र पुगेका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँ व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गर्नुभएको हो ।

उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गर्नुभएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।  नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।

दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ कोउद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा  निस्केका उपप्रधानमन्त्री पोखरेल जनताले कालापानी क्षेत्रकोबारेमा मुख नखोलेकोबारे व्यापक विरोध भएपछि उहाँ कालापानी क्षेत्र पुगेको स्थानीयले बताएका छन् ।