Tuesday, 01, December, 2020 info@saipalnews.com

९ महिने पूर्वमन्त्री सोडारीका काम जनताको मुखमा रामराम

फागुन ५ धनगढी ।सुदूरपश्चिम प्रदेशमा परिचित एक नाम हो, दीर्घ सोडारी । जनता र कार्यकता बीच निकै घुलमिलसँगै बचनप्रति प्रतिवद्ध भएकै कारण उनलाई धेरैले रुचाउने गर्छन । विद्यार्थी राजीनतिबाट खारिएर आएका सोडारी तत्कालीन नेकपा एमालेको जिल्ला सदस्य, सचिब, अध्यक्ष एवम सुदूरपश्चिम प्रदेश सकारकार पूर्व सामाजिक विकास मन्त्रीहुँदा उनले ल्याएका लोकप्रिय कार्यक्रमले उनी जनतामाझ झन् लोकप्रीय छन ।

कैलाली निर्वाचन क्षत्रे ४ प्रदेश सभा क बाट प्रत्यक्ष भारी मतले विजयी भएका उनी प्रदेशको राजनीतिमा अब्बल व्यक्तिको रुपमा हेरिन्छ । कुशल संगठकका रुपमा चिनिने सोडारी तत्कालीन एमाले जिल्ला अध्यक्ष हुँदा कैलालीमा पार्टीलाई बलियो रुपमा स्थापीत गरेका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन सफल भए । १३ स्थानीय तह मध्ये ७ वटामा तत्कालिन एमालेलाई विजय गराएका थिए । नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिममा बलियो  खम्बाको रुपमा रहेका सोडारी युवा नेता हुन ।

२०४६ सालदेखि नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका थिए । नेपालका विभिन्न परिवर्तनकारी आन्दोलनमा जेलजीवन विताएका उनले सांसद पदमा निर्वाचीत पश्चात आफ्नो चुनावी घोषणापत्र अनुसार विकास निर्माणका कामहरु तीव्रगतिमा अघि बढाइ रहेका छन ।

सोडारीले आफ्नो ९ महिने कार्यकालमा प्रदेशका महत्वपुर्ण कार्यहरुमा निर्णायक भूमिका खेलेका थिए । सोडारी मन्त्रीपरिषदमा हुँदा प्रदेश सरकारले एउटा निश्चित गन्तव्य र लक्ष हासिल गरेको अधिकांश सासंदले बताउने गरेका छन । पदमा बहाल हुँदा सोडारीले सरकारलाई बलियो बनाउन प्रतिपक्षीदल तथा अन्य पार्टीसंग समन्वयकारी भूमिका खेलेका थिए ।

प्रदेश सरकारले नामाकरण र स्थायी राजधानी तोके पश्चात धनगढीमा भएको आन्दोलन मथ्थर पार्न प्रतिपक्षिदलसंग सरकारको तर्फबाट महत्वपुर्ण भुमिका खेलेका थिए । उनले ल्याएका कतिपय कार्यक्रम अहिलेको मन्त्रीमण्डलले कार्यन्वयनमा ल्याए पनी धेरै महत्वपुर्ण कार्यक्रमहरु कार्यन्वयन हुन सकिरहेको छैन् ।

हकी स्वभावका सोडारी विकास निर्माण र जनताका हकहितमा जस्तोसुकै जोखीममोल्न सक्ने क्षमता राख्ने नेता हुन् । सरकारमा रहँदा उनले दुर्गम जाने डाक्टर तथा स्वास्थ्यकर्मीलाई थप सहुलियत दिने घोषणा गरका थिए । तर अहिले त्यो काम पनी अपुरो भएको छ । उनले शिक्षा विकासलागि प्राविधिक शिक्षा, युवा खेलकुद विकास, महिला शसक्तिकरण, ज्येष्ठ नागरिक सम्मान, सिचाई, कृर्षि र खानेपानी, स्वाथ्य, लगाएतका क्षेत्रमा प्राथमिककरण गरेर योजनाबद्ध रुपमा काम अघिका थिए ।

 पूर्वमन्त्री सोडारीले ल्याएको चर्चित आयोजनाहरु र  लोकप्रिय कार्यक्रमहरु

  • १ सेति प्रादेशीक अस्पतालमा अक्सिजन प्लाण्टको व्यवस्था
  • २ द्धारिकादेवि ठकुरानी महिला शसक्तिकरण कार्यक्रम
  • ३ प्रदेशका ८८ वटै स्थानीय तहमा सहरी स्वाथ्य ईकाइ केन्द्रको निर्माण तथा प्रसुति गृह निर्माण
  • ४ एक प्रदेश निर्वाचन क्षेत्र एक खेलमैदान
  • ५ अत्याधुनिक एम्बुलेन्स ल्याउन बजेट विनियोजन
  • ६ महिला स्वयसेविका लाई प्रोत्साहन कार्यक्रम
  • ७ बालविकास शिक्षक÷शिक्षीका लाई थप प्रोत्साहन भत्ता
  • ८ प्रदेशका ग्रामिण क्षेत्र विशेषज्ञ डाक्टर सहितको स्वाथ्य शिविर
  • ९ एक स्थानीय तह एक हेलीप्याड तथा आर्थिक अवस्था कमजोर भएका सुत्केरीलाई हवाई उद्धार
  • १० मुख्यमन्त्री खेलकुद कप सञ्चालन
  • ११ ज्येष्ठ नागरीक आनन्दालयको निर्माण
  • १२ उच्च शिक्षा अध्यपन गराईरहेका ३२ क्याम्पसको भवन निर्माण
  • १३ प्राविधिक शिक्षा अध्यापन गराउँदै आएका ११ विद्यालयलाई एक करोड लागतको छात्रवास निर्माण
  • १४ फाप्ला क्रिकेट मैदानलाई स्तरोन्नती गर्न बजेट विनियोजन
  • १५ पहमानसिंह स्वार प्रज्ञाप्रतिष्ठान
  • १६ जयपृथ्वी बहादुर सिंह विद्यार्थि छात्रबृत्ति कार्यक्रम
  • १७ टिका पार्की दलित छात्रबृत्ति कार्यक्रम

निर्वाचन क्षेत्रमा गरेको महत्वपूर्ण कामहरू 

क्याम्पसका भवन निर्माण तथा शिलान्यास, प्राविधिक विद्यालयका छात्रावास निर्र्मााण, सहरी स्वाथ्य इकाइ केन्द्रको निर्माण, प्रसुतिगृहको निर्माण, माध्यामिक विद्यालयको भवन निर्माण, खेलकुदमैदान निर्माण, आधारभुत विद्यालका भवन निर्माण, विद्यालयका घेरापर्खाल निर्माण  गरिएको छ । भने र्दुगम ठाउँ चौमाला खैराला, राजीपुर बालुवागडा सडक निर्माण तथा यातायात, मसुरीया तालबन्द, अण्डैया सडक कालोपत्रे भएको छ।

यस्तै  चौमाला बेहडाबावा कनरी सडकको कालोपत्रेको लागि बहुबर्षिय ठेक्का भएर निर्माण कार्यशुरु भएको, बनबेहडा कटौती देखी धनगढी जोड्ने सरौटा गाउँसम्मको सडक स्तरउन्नती तथा पानी पिच , मसुरीया भैसासुर हुँदै हसुलिया जोड्ने सडक कालोपत्रे हुने चरण रहेको, यसैगरी अण्डैया नदीमा पक्की पुल निर्माण ठेक्काको चरणमा रहको, चौमाला, शिवपुर, भैसासुर, पक्की पुल निर्माण ठेक्काको चरण रहेका छन ।

  • कृषिमा धान ब्लक, मौरीपालन, केरा ब्लक, बंगुरपालन, माछापालन, कस्टम हाइरीङको निर्माण,
  • सिचाई कान्द्रा सिचाई आयोजना, नहर निर्माण, बुढोगर्भा सिचाई आयोजना,बेतैनि सिचाई आयोजना, भकुडाखोला सिचाई आयोजना,
  • नदीतटबन्धन गौरीगंगा नदी तटबन्धन, चौमाला नदी, शिवगंगा नदी, खुटीया नदी, लिक्का नदी, तटबन्धन