Sunday, 25, October, 2020 info@saipalnews.com

नेपाली काँग्रेसद्धारा बाजुराका पत्रकार प्रेम रौलेमाथी कुटपिट

फागुन ५ बाजुरा । पत्रकार प्रेम रौलेलाई नेपाली काँग्रेसका कार्यक्रताले कुटपिट गरेको छन । समाचार संकलनका लागि फिल्डमा खटेको बेला पत्रकार रौलेलाई विभिन्न बाहना बनाई नेपाली काग्रेसको पार्टी कार्यालयमा बोलायर जिल्ला सभापती कविराज पण्डित सहितको टोलीले योजनाबद्ध ढंगले कुटपिट गरेको पीडित पत्रकार रौलेले जनाएको छन् ।

केही दिनअघि देखि रेडियो पौरखीको परिक्षाका विषय लिएर हाम्रो रेडियो हो हामी जे पनी गर्न सक्छौ भन्दै नेपाली काग्रेस कार्यक्रता रौले माथी हातपात गर्नुका साथै कुटपिटको प्रायस गर्दै आएका पनि रौलेले बताएका छन् । २ दिन अगाडि रेडियो पौरखीमा स्टेशन म्यानेजर पदका लागि भएको परिक्षामा विबाद हुँदा उनीहरुले परिक्षा समेत बहिस्कार गरेका रौलेले हिजो एक बिज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।

साथै आफनो आस्था रहेको पार्टीबाटै कुटपिट भएपछि आफु संगलग्न नेपाल प्रेस यूनियन शाखा बाजुराको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा समेत गरेका छन् । यस्तै युनियनको अध्यक्षबाट राजिनामा दिएपछि पनि काग्रेसका नेता तथा कार्यक्रताहरुले फोनमा धम्की दिनुको साथै आज बिहान पार्टी कार्यालयमा बोलाएर हातपात गर्नुका साथै कुटपिट गरेको पत्रकार रौलेको भनाइ छ ।

पत्रकार रौले रेडियो पौरखीको स्टेशन म्यानेजर पदका लागि दरखास्त दिएका थिए । तर पत्रकार रौलेले नियम सम्बद नभएको भन्दै परिक्षमा सामेल नहुँदा यस्तो बर्जपात भएको  र सिंगो नेपाली काग्रेस आफुमाथी खनिएको बताए ।

नेपाली काग्रेस पार्टी कार्यालयमा रौलेलाई काग्रेस कार्यक्रता हिरेन्द्र रोकायाले मरणासन्न कुटपिट गर्दा पनी नेपाली काग्रेस सभापति कविराज पण्डित, पुर्व भुमीसुधार सहयाक मन्त्री जनकराज गिरी लगायतका नेताहरुले रमिता हेरिरहेको पनि पत्रकार रौलेको भनाइ छ ।