Sunday, 27, September, 2020 info@saipalnews.com

अदालतले भन्यो कृष्ण महरा निर्दोष

फागुन ५ काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला  अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई आज सफाइ दिएको हो । आफनै सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा समेत दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता नरहेको अस्वीकार गर्दै आएका थिए ।