Thursday, 22, October, 2020 info@saipalnews.com

महायज्ञमा गएकी किशोरीमाथि सामूहिक बलात्कार

फागुन ५ बुटवल । रुपन्देहीमा महायज्ञमा गएकी एक किशोरी माथी सामूहिक बलातकार भएको भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका ३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय युवाहरुले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

बलात्कारमा संलग्न भएको अभियोगमा तीन जनालाई नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए । गाउँमा आयोजित महायज्ञमा गएका बेला किशोरीलाई बोलाएर घरभन्दा केही टाढा निर्माणाधीन भवनमा पुर्‍याइ तीन जनाले बलात्कार गरेको प्रहरीको भनाइ छ ।घटनामा संलग्न तीनै जना युवा र किशोरीको मेडिकल परीक्षणको लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जानकारी दिएको छ ।