Thursday, 10, June, 2021 info@saipalnews.com

कारागारबाट छुटेपछि कृष्ण महराले दिए यस्तो प्रतिक्रिया

फागुन ५ काठमाडौं । बलात्कार प्रयासको आरोपित निवर्तमान सभामुख कृष्णबहाद्र महराले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका छन् । सम्माननीय अदालतबाट सफाई पाए लगतै निवर्तमान सभामुख कृष्णबहादुर महराले आफु मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको प्रतिकृया दिएका छन् । यस अघिपनि आफु देशको स्वाधीनता पक्षमा रहेको तर अव पनि देशको हितको पक्षमा चट्टासर खडा हुने बताएका छन् ।

सोमबार काठमाडौँ अदालतबाट सफाइ पाए लगत्तै डिल्लीबजार कारागारबाट महरा छुटेका हुन् । रिहा भएको केही घन्टामा महराले दाङ–२ का सांसदको हैसियतमा वक्तव्य जारी गर्दै भनेका छन्,‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो,अहिले पनि छ र सदैव रहिरहनेछ ।

महरा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौतालाई संसदमा रोकेको आरोप लगाएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कतिपयले एमसीसी रोकेकै कारण महरालाई फसाइएको दाबीसमेत गरेका थिए ।

त्यही सम्झौतालाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद कायमै छ । प्रधानमन्त्री ओली एमसीसी तत्काल पास गर्नुपर्ने पक्षमा छन् भने केही नेताहरु यथास्थितिमा पास गर्न नसकिने पक्षमा छन् । जेलबाट छुटेलगत्तै महराले ‘स्वाधीनताको रक्षा पहिलो प्राथमिकता भनेर एमसीसीतिर संकेत गरेको हुनसक्ने कतिपयको अनुमान छ ।