Tuesday, 01, December, 2020 info@saipalnews.com

कलाकार साजन कुँवरले रुदै तताए बजार

काठमाडौँ । कलाकार साजन कुँवर अहिले रुदै बजारमा तहल्का पिटीरहेका छन् । रुदै छु म आज बोलको लोकदोहरी  गीत सार्वजनिक गर्दै अहिले बजार तताई रहेका हुन् । लमजुङको दोर्दी २ घरका कुँवर पछिल्लो समय साँगीतिक क्षेत्रमा जम्दै आएका छन् । भने आफनो साँगीतिक यात्रालाई पनि फराकिलो बनाउँदै लगेका छन् ।  यस अधि सामाजिक कार्यमा जमेका कुँवर पछिल्लो समय साँगीतिक क्षेत्रमा पनि उतिकै जमेका हुन् । यसअघि रुदैँ छु आज बोलको गीत सार्वजनिक गरेका कुँवरले अव केही दिनमा अर्काे गीत बजारमा ल्याउने तयारीमा जुटेका छन् ।