Saturday, 26, September, 2020 info@saipalnews.com

अछामको तुर्माखाँद ८ मा नेकपाका टोल कमिटी गठन

फागुन ६अछाम । नेपाल कम्युनिष्ट पार्टी नेकपा तुर्माखाँद गाउँ कमिटी अन्तर्गत विभिन्न वडामा टोल कमिटी गठन गरिएका छन् । आज तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमालीका ३ टोलमा टोल भेला गरि टोल कमिटी गठन गरिएका छन् । वडा कमिटी अध्यक्ष भीम बिष्टको अध्यक्षतामा भएको भेलाले साबिक वडानम्बर ७ र ८ मा टोल कमिटी गठन गरिएका हुन् ।

भेलाले खट बोगटी अध्यक्ष र मिन बिष्ट सचिव रहने गरी १९ सदस्यीय टोल कमीटी गठन गरेको अनेरास्ववियू जिल्ला सहसंयोजक निरक शाहीले जानकारी दिनुभयो । यस्तै आजै वडा नम्बर २ मा भएकाले भेलाले पनि टोल कमिटी गठन गरेको छ । हित्मान बिष्ट अध्यक्ष र जैसिङ्ग बि.क.सचिव रहने गरी १९ सदस्यीय टोली कमिटी गठन गरिएको छ ।

दुबै टोल भेलामा प्रमुख अतिथि नेकपा जिल्ला कमिटी सदस्य ध्रुव बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि विष्टले अब नेकपाका नेता कार्यकर्ताले सक्रियताका साथ संगठन निर्माण, विकास निर्माणका कामको प्रभावकारीता तथा जनताका लागि आएका कार्यक्रमलाई सफल पार्न भूमिका खेल्नुपर्ने बताउनु भयो ।

भेलामा अनेरास्ववियु जिल्ला सह संयोजक निरक शाही, गाउँ कार्यपालिका सदस्य रतन विक, हरि जैशी, गाउँकमिटि सदस्य नवराज धमाला, किसान महासंघ गाउँकमिटि.सदस्य नवराज धमाला लगायतले मन्तब्य राख्दै टोलसम्म संगठन विस्तार गरेर पार्टीलाई अब थप गतिशित बनाउन लाग्नुपर्ने बताउनु भयो । वडाका विभिन्न टोलमा यसअघि पनि टोलकमिटी गठन गरिएको छ ।