Saturday, 31, October, 2020 info@saipalnews.com

स्ववियु निर्वाचन स्थगितप्रति नेता सिंहको आपत्ति

फागुन ६ काठमाडौँ । अनेरास्ववियूका प्रभावशाली नेता पन्चा सिंहले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन  त्रिविका पदाधिकारीहरुले आफनो असक्षमता ढाकछोप गर्न विद्यार्थी संगठनहरुबीच असहमतिको कारण देखाएरको आरोप लगाउनु भएको छ । फागुन १४ मा हुने भनेको स्ववियु निर्वाचनको मिति नै निर्धारण नगरी  निर्वाचन अनिश्चितकालको लागि स्थगितको सुचना निकाल्ने त्रिभुवन विश्वविद्यालयको गैरजिम्मेवारी पन भएको नेता सिंहले बताउनु भएको छ ।

नेता सिंहले सामाजिक सन्जालमा स्टाटस लेख्दै लोकतन्त्रको सुन्दरता निर्वाचन हो निर्वाचन नचाहने मसियाहरु विद्यार्थीको लोकतान्त्रिक अधिकार कुन्ठित गर्न लागि परेको दाबी गरेकी छन् ।