Thursday, 03, December, 2020 info@saipalnews.com

डोटीमा अज्ञात समुहद्धारा डोजरमा आगजनी

फागुन ८ डोटी । सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा अज्ञात समुहले आगजनी गरिएको छ । सायल गाउँपालिका वडा नं। १ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नम्बर ३  काँडीस्याउलेमा रहेको आन्टीनेन्टल टे«डिङ ईन्टरप्राईजेज काठमाण्डौंको बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिप सिं देउवाले जानकारी दिएका छन ।

गाउँपालिकामा काटिएको शाखाबाटो मर्मत तथा सफा गर्ने क्रममा छपालीमा रहेको गाउँपालिकाको स्काभेटरमा मध्यराती आगजनी गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनु भएको छ । गाउँपालिका तथा प्रहरीको टोली घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

एकै समयमा दुई वटा ठाउँमा आगजती हुनुले प्रतिबन्धीत बिप्लब नेतृत्वको नेकपाको संलग्नता हुन सक्ने अनुमान काटिएको छ ।  प्रतिबन्धीत नेकपाका डोटी ईञ्चार्ज तर्कराजले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन । हामी प्रति आशंका गर्ने गरी अरु कसैले गरेको षड्यन्त्र  गरेको हुन सक्ने आरोप लगाएका छन।