Sunday, 25, October, 2020 info@saipalnews.com

सञ्चारमन्त्रीलाई अव गर्ने भन्दै ओली र प्रचण्डबीच छलफल

फागुन ८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता गरेका हुन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिशन मागेको अडियो प्रकरणबारे कुराकानी भएको स्रोतले बताएको छ । ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा  गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ । बास्कोटा विभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिममा छन् ।