Tuesday, 01, December, 2020 info@saipalnews.com

डोटीको कालिका माध्यामिक विद्यालय १ लाखको अक्षयकोष स्थापना

फागुन ८ डोटि।  स्वर्गाीय बुवा सकेदारबहादुर बोगटीको सम्झनामा गाउँपालिकाको वडा नम्वर ५ डुम्री स्थीत कालिका माध्यामिक विद्यालयमा अक्षय कोषको स्थापना गरियको छ । डोटीको सायल गाँउपालिकका ५ पट्कानी निवासी हिक्मतबहादुर बोगटीले आफ्ना बुवा को सम्झनामा अक्षय कोष स्थापना गरेका हुन् ।

विद्यालयका जेहन्दार,गरिव,असाहय विद्यार्थीलाइ सहयोग पुग्ने उद्देश्यले स्वगीर्य बुवाको सम्झनामा  १  लाखको अक्षय कोष स्थापना गरेको बोगटीले बताए । अक्षय कोषले महत्वपुर्ण सहयोग पुग्ने विद्यालय परिवारले जनाएको छ । कालिका माध्यामिक विद्यालयको बार्षिकोत्सवको अवसर पारी बुधबार उक्त अक्ष्य कोष स्थापना गरिएको हो ।

विद्यालयको बार्षिकोत्सवकै अवसर मा उत्कृष्ट अभिभावकको रुपमा दिपेश चौधरी र सरस्वती बोहरालाई दोसल्ला, प्रमाण पत्र सहित सम्मानित गर्नुका साथै उत्कृष्ट विद्यार्थी, अनुशासित विद्यार्थी, नियमित विद्यार्थी, सरसफाइमा ध्यान दिने विद्यार्थी, विद्यालयका गतिविधिमा बढी सक्रिय विद्यार्थी लाई समेत सम्मानित गरिएको छ  ।