Sunday, 06, December, 2020 info@saipalnews.com

नेपाली कांग्रेस अछामको चियापान तथा सम्मान कार्यक्रम मंगलसेनमा सम्पन्न

फागुन ८ अछाम ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दिलेन्द्रप्रसाद बढुले  जबसम्म आर्थिक विकासबाट जनता सन्तुष्ट हुन सक्दैनन् तबसम्म परिवर्तन खतरामा रहिरहने बताउनु भएको छ । नेपाली कांग्रेस अछामको सदरमुकाम मंगलसैनमा भएको सम्मान तथा चियापान कार्यक्रममा पुर्वमन्त्री बढुले विकास भएन भने परिवर्तनमा धक्का पुग्छ  अरुको सहयोग विना  हामी आफैले केही गर्न सक्दैनौं देशमा विकास गर्न अनुदान स्विकार्नुको विकल्प छैन भन्नुभयो ।

साथै कार्यक्रममा पुर्वमन्त्री बढुले सेनाको उपस्थिति सहभागीता सहित सहयोग स्विकार्नु पर्छ भन्नेमा नेपाली कांग्रेस पनि छैन तर सैनिक रणनीति बाहेकको सहयोग स्विकार्नु पर्छ । एमसीसी र एसिया प्यासिफिक रणनीति फरक फरक हो

दाबी गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वार ,पुर्वसभापति पुष्पबहादुर शाह ,जिल्ला समन्वय समितीका प्रमुख नरबहादुर कुँवर, पुर्व महासमिति सदस्य टिकाराम खनाल  जिल्ला कार्यसमितिका सह सचीव तथा प्रवक्ता  वेदप्रकाश तिमिल्सैना , जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल , नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष शरदप्रसाद ढुंगाना , नेविसंघका जिल्ला सचिव बमबहादुर स्वार , नेपाल महिला संघका सचिव पुर्णा शाह लगायतको उपस्थिति रहेको थियो ।