Tuesday, 01, December, 2020 info@saipalnews.com

रामप्रसाद राई फाउण्डेशनले ग-यो वृहत रक्तदान

काठमाडौं । विस २००७ सालको क्रान्तिका योद्धा रामप्रसाद राईको स्मृति तथा ७० औँ प्रजातन्त्र दिवसका अवसरमा मंगलबार केन्द्रिय रक्त संचार केन्द्र सोल्टिमोडमा बृहत रक्तदान कार्यक्रमको आयोजना भएको छ ।बृहत दरक्तदानमा जनाले रक्तदान गरेको रामप्रसाद राई फाउन्डेसनकी अध्यक्ष सुष्मा राईले जानकारी दिइन्।

अध्यक्ष राईले फाउन्डेसनले निरन्तर सामाजिक काममा सक्रिय भई रहेको र पछिल्लो समय समय रगत अभाबले विकराल रुप लिई रहेको बेला रगत अभावलाई केही हदसम्ममा न्युनिकरण गर्नलाई वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन्। प्रतिष्ठानले यसअघि रामप्रसाद राईको स्मृतिमा पुस्तक प्रकाशन तथा शैक्षिक र विकास निर्माणका काम पनि गरिदै आएको छ।

क्रान्तिकारी योद्धा राईको जन्म वि.सं. १९६५ फागुन १८ गते भोजपुरको बासखोरा भएको थियो। पहिले बेलायती सेनामा काम गरेका राई पछिल्लो कालमा पूर्वका भोजपुरसहितका जिल्लाबाट २००७ सालको प्रजातान्त्रिक आन्दोलनका एक कमाण्डर र योद्धा बनेका थिए।