Wednesday, 28, October, 2020 info@saipalnews.com

एमसीसी अध्ययन कार्यदलले आज प्रतिवेदन बुझाउने

फागुन ९ काठमाण्डौ । एमसीसी अध्ययन  कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ । एमसीसी पारित गर्ने सम्बन्धमा बिवाद उत्पन्न भएपछि एमसीसीका सन्दर्भमा अध्ययन गर्न माघ १५ देखि १९ सम्म चलेको नेकपाकोकेन्द्रीय कमिटी बैठकमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र त्यसबारे थप अध्ययन गर्नुपर्ने भन्दै अधिकांशसदस्यले कुरा उठाएपछि केन्द्रीय सचिवालयले कार्यदल गठन गरेको थियो ।

 

दश दिन समय दिएर गठन भएको कार्यदलले अध्ययन गर्न थप दश दिन समय माँग गरेको थियो । थप अवधिमा अध्ययन पुरा भएरप्रतिवेदन समेत लेख्ने कार्य सकिएकोले आजै पार्टी अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी भएको छ । नेकपाले वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी भीम रावल सदस्य रहेकोकार्यदल गठन गरेको थियो ।