Saturday, 19, September, 2020 info@saipalnews.com

जिल्ला प्रहरी कार्यालय अछामले ग-यो ठुला मात्रामा मदिरा बरामद

फागुन ९ अछाम । जिल्ला प्रहरी कार्यालय अछामले जिल्लाको विभिन्न स्थानबाट ठुलो मात्रामा घरेलु मदिरा बरामद गरेको छ । घरेलु मदिरा उत्पादन भइरहेको जानकारी पाएपछि जिल्लाका विभिन्न चौकीबाट खटिएको प्रहरी टोलीले उक्त मदिरा बरामद गरेको हो । यस्तै जयगढ प्रहरी चौकीले बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बरका १ बस्ने ज्ञान शाहको घरबाट ३ लिटर तयारी र १ सय १० लिटर बन्दै गरेको मदिरा बरामद गरेको छ ।

यस्तै शान्तडा प्रहरी चौकीले रामारोशन गाँउपालिका वडा नम्बर ६ भाटाकाटिया बस्ने रामबहादुर साउद र विर्खबहादुर साउदले  वडा नम्बर ३ शान्तडा कालापानी टोलबाट ल्याउदै गरेको ५६ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट पारिएको जानकारी दिएको छ ।

यस्तै सिउडी प्रहरी चौकीबाट खटिएको टोलीले चौरपाटी गाँपालिका वडा नम्बर ४ पायल चित्रे बस्ने लालबहादुर कुंवरको पसलमा लुकाई छिपाई राखेको २० लिटर घरेलु मदिरा बरामद गरी जनप्रतिनिधिको सहभागितामा नष्ट गरिएको जनाएको छ । बरामद गरिएको मदिरा आजै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।