Saturday, 26, September, 2020 info@saipalnews.com

नमूना विद्यालय बढाउनुपर्छ : वनमन्त्री बस्नेत

फागुन ९ जाजरकोट । मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट खण्डको पूरै भाग कालोपत्र गर्ने काम शुरु भएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभएको छ । जिल्लाका सबै सडक, खानेपानी, स्वास्थ्य, टेलिफोन सेवाको काम एकै पटक शुरु भएको उहाँको भनाइ थियो ।

जनप्रिय माध्यमिक विद्यालय छेडागाड नगरपालिका–३ को ४२औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री बस्नेतले देशभरिका ८२ वटा विद्यालयमध्ये जाजरकोमा दुई वटा विद्यालय नमूना रहेकाले यसलाई बढाउनुपर्ने बताउनुभयो ।

जिल्लाभरी विद्युतीकरणका लागि काम शुरु भइसकेको भन्दै उहाँले अहिले भौतिक पूर्वाधारको काम चलिरहेको बताउनुभयो । जिल्लाका पाँच ठाउँमा विद्युत्का सवस्टेशन निर्माणको काम चलिरहेको र टेलिफोनको समस्य समाधान  गर्न पुराना निर्माण व्यवसायीले काम नगर्ने भएकाले नयाँबाट काम गर्नका लागि प्रक्रिया शुरु भइसकेको मन्त्री बस्नेतले बताउनुभयो ।

कर्णाली प्रदेशको भाग्यसँग जोडिएको नलगाड जलविद्युत् आयोजनाको काम समेत अगाडि बढेको, छेडागाड नगरपालिका– २ र ३ मा टिमुरको पकेटक्षेत्र घोषण गरी जनताको जनजीवन बदल्ने प्रयास भइरहेको र जाजरकोटमा अब छिट्टै शैक्षिक सम्मेलन गर्ने तयारी रहेको उहाँको भनाइ थियो ।  सांसद सत्य पहाडीले विकासको अर्थ विद्यालय निर्माण मात्र नभइ समग्र शैक्षिक अवस्थामा सुधार आउनु हो भन्नुभयो ।