Thursday, 22, October, 2020 info@saipalnews.com

यस्तो बन्यो ‘प्रेमगीत ३ को ‘हर युग होस् भिडियो

काठमाडौँ। नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘प्रेमगीत–३’को टाइटल गीत सार्वजनिक भएको छ ।प्रताप दास र प्रविशा अधिकारीको आवाजमा ‘हर युग होस् प्रेमको गीतको’ गीतको रिलिकल भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

शुक्रबार रिलिज गरिएको ‘हर युग होस् प्रेमको गीतको’ गीतलाई राजेश कुमार श्रेष्ठले लेखेका हुन् । त्यस्तै, गीतलाई शैलेन्द्र एम प्रधान र गोपाल रसाइलीले एरेञ्ज गरेका हुन्, भने एलिश कार्कीले संगीतबद्ध गरेका हुन् ।गीतको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुको लाभस्टोरीलाई प्रस्तुत गरिएको छ ।

यस अगाडि निर्माण पक्षले ‘हात्ती ढुङ्गामा’ गीतको भिडियो पनि दर्शकमाझ रिलिज गरिसकेको छ । जुन गीतलाई दर्शकहरुले निकै रुचाइरहेका छन् ।उक्त गीत रिलिजमा आएको केही घण्टामा ट्रेन्डिङमा समेत पर्न सफल भएको थियो । अहिलेसम्ममा ‘हात्ती ढुङ्गामा’ गीतको भिडियोले २१ लाख भन्दा बढी भ्यूज पाइसकेको छ ।

फिल्मले रिलिज पूर्वनै करिब पौने करोडको ब्यापार गरिसकेको छ । जसको लागि यूके र यूरोपका आठ देशका लागि प्रदर्शन अधिकार २३,५०० यूरो ३० लाख रुपैयाँमा बेचिएको छ । त्यस्तै, उत्तर अमेरिकाको प्रदर्शन अधिकार पनि ४५ हजार डलर करिब ५० लाख रुपैयाँमा बेचिएको छ ।

फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ, भने हिमाल केसीको एक्शन रहेको छ । फिल्मलाई बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

वर्षकै बहुप्रतिक्षित ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, सुजल बस्नेत, राज थापा लगाएतको मुख्य भूमिका रहेको छ ।