Saturday, 16, October, 2021 info@saipalnews.com

फिल्मी स्टाइलमा इन्ट्री गर्छन् भीम रावल

काठमाडौँ ।फिल्मी डाइलग  ! जहाँ पुग्छ । दावा त्यहाँ पुग्छ हावा ! भने जस्तै देशको राष्ट्रियता स्वाधीनता जहाँ कमजोर पार्ने प्रयास हुन्छ । त्यहाँ फिल्मको हिरो जस्तै इन्ट्री गर्नछन् नेकपाका प्रभावशाली नेता भीम रावल ! अनि हिकाई हाल्छन् । राष्ट्रियाका धनुष बाण ! त्यपछि त के नै बाँकी रह्यो र ! घन्कि हाल्छन् राष्ट्रियताको ठुला-ठुला स्वर सदनदेखि सडकसम्म ! सवै नेता एक तर्फ भीम रावल र जनता अर्को तर्फ ।

घटनाक्रमले देखाएको सत्य यही हो  । एमसीसी,कालापानी लिपुलेक अनि सैनीक अभ्यास,होली वाइन,आईफा अवार्ड,सीके रावतसँग भएका सम्झौताहरू देशका बिरूद्धमा थिए । देशका बिरूद्ध भएका र हुँदै गरेका सम्झौताका सम्बन्धमा बोलेर नेतृत्वसँग जोखिम मोलेर राजनीतिक जीवन समाप्त किन पार्नु भन्ने मनोबिज्ञानले काम गरिरहेको बेला पनि भीम रावलको स्वर राष्ट्र र राष्ट्रीयताको पक्षमा घन्किरहन्छ । भीम रावलको खबदारी र जनताको साथले यस्ता विबादित बिषयहरू नामेट भएका छन् । प्रस्ट भन्दा सरकार आफ्ना कदमबाट पछाडी हट्नु परेको छ ।नेपालमा प्रभुत्व जमाउने उदेश्यकासाथ शक्तिकेन्द्रको फेर समातेर आएका ति योजना पानीको फोका सावित भएका छन् ।

यस्तै कतिपय मानिसमा प्राज्ञिक क्षमता अथाह हुन्छ तर उनीहरुले वकालतको भूमिका हुँदैन् । तर,नेकपाका नेता भीम रावललसँग यी दुवै क्षमता छन् । त्यसकारण रावल अरु भन्दा फरक नेताका रुपमा परिचित छन्, भने राष्ट्रियता,स्वाधिनताको पक्षमा खरो बहस गर्न पनि उहाँका उतिकै माहिर छन् । राजनीति शास्त्रमा पिएचडी गरेका रावल, अन्तराष्ट्रिय कानुनका पनि विद्यार्थी हुन् । त्यही भएर नेता रावललाई अन्तराष्ट्रिय कानुन र कुटनीतिमा बहस गर्न कुनै गाह्रो पर्दैन् ।

अव कुरा गरौ एमसीसीको विषयमा 

अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जस्ताको त्यस्तै पास गर्ने मुडमा प्रधानमन्त्री केपी शर्मा ओली थिए ।केही समय अगाडि यस विषयले नेपाली राजनीतिमा खुबै चर्चा पायो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि साथ रहेकाले प्रधानमन्त्री ओली जसरी पनि एमसीसी पास गर्न पक्षमा थिए ।

तर, एमसीसी सम्झौतामा उल्लेख केही बुँदा नसच्याएसम्म एमसीसी पास हुन नदिने पक्षमा भीम रावलले चट्टानी अडान राख्दै गए ।त्यसपछि नेता रावललाई जनताको र पार्टी भित्रैबाट साथ मिल्दै गयो । भीम रावलले उठान गरेको  एमसीसी प्रकरण समग्रमा राष्ट्रीय एजेण्डकारूपमा स्थापित भयो  ।स्वदेश देखि विदेशमा रहेका नेपालीको साथ भीम रावललाई मिल्दै गयो ।

नेकपाको २१ महिनासम्म बस्न नसकेको नेकपाको केन्द्रीय बैठक समेत बस्न बाध्यभयो । पार्टी एकताको २१ महिनापछि माघ १५ गतेदेखि १९ गतेसम्म बैठक चल्यो । केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल बोलेपछि कार्यसूचीमा थप गर्नु पर्ने विषयबारे सुझाव संकलनको घोषणा गरियो ।

अचानक बिवादित एमसीसी परियोजनालाई  प्रस्तावकारूपमा समावेश गर्न भीम रावलले जोडदार माग गरे र बहुमत केन्द्रीय सदस्य भीम रावलको समर्थनमा देखिएपछि पार्टी नेतृत्व कार्यदल बनाउन बाध्य भयो ।

पुस ६ गते सम्पन्न ८ दिने स्थायी कमिटी बैठकमा यी विषयमा छुट्टै बहस गरिनु पर्छ भन्ने माग रावल लगायत नेताहरुले उठाएका थिए । त्यसपछि अन्य नेताहरुलाई पनि सुझाव राख्न सजिलो भएको थियो ।

 चौतर्फिक विरोध भएपछि बाध्य !

एमसीसीको विषयमा चौतर्फिक विरोध भएपछि नेकपाले बाध्य भएर एमसीसी सम्झौता अध्ययन गर्न कार्यदल समेत गठन गरेको थियो । त्यो कार्यदलले ३ हप्ता समय लगाएर हिजो साझँ प्रतिवेदन,नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई बुझायो ।

अध्ययनकोलागि बनेको कार्यलदले एमसीसी सम्झौताहरुमा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको बताएको छ । कार्यदलका संयोजक झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उक्त प्रतिवदेन बुझाउदै सम्झौतामा उल्लेख ती बुँदाहरु सच्चाउनुपर्ने सुझाव सहितको प्रतिवेदन दिएका छन् ।

सम्झौतामा गम्भीर आपत्तिजनक बुँदाहरु भेटिएको संयोजक खनालले हिजो राति बीबीसी नेपाली सेवामा समेत बताएका थिए । अहिलेको अवस्थामा एमसीसी पारित भए त्यसले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पार्छ ।त्यसैले सम्झौताभित्रका गम्भीर र आपत्तिजनक बुँदा हटाएपछि मात्र यसबारे निर्णय हुने नेता खनालको भनाइ थियो ।

सम्झैता अध्ययन गर्दै जाँदा त्यसमा हामीले गम्भीर आपत्तिजनक बुँदाहरु भेट्यौं । अमेरीकाको न्यूयोर्क स्टेटको कानुन नेपालमा लागु हुनेछ भन्नेसम्मका बुँदा रहेछन्,नेता खनालले बताएका थिए ।

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनकोलागि भन्दै खनालको संयोजकत्वमा भीम रावल,प्रदिप ज्ञवाली सहतिको तीन सदस्य कार्यदल गठन भएको थियो ।