Wednesday, 28, October, 2020 info@saipalnews.com

नेकपाले बोलायो सचिवालय बैठक

फागुन १० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज सचिवालय बैठक बस्दै छ। बैठक अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बस्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा सुशासनको सवालमा पार्टीभित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुने जानकारी प्राप्त भएको छ ।

आजको सचिवालय बैठकमा गोकुल बाँस्कोटालाई पार्टीको  साधारण सदस्यबाट समेत कारवाही गर्न माग गर्ने तयारी रहेको छ । गोकुल बाँस्कोटाले कमिसन वापत ७० करोड माग गरेको  अडियो प्रधानमन्त्रीलाई दुई महिना अगाडी प्राप्त भएको भएपनि पार्टीलाई जानकारी नगराउनुको कारण माग गर्ने तयारी रहेको बुझिएको छ ।

गृहनगर चितवन पुगेको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  एक कार्यक्रममा  भ्रष्टाचार नियन्त्रण लगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने जानकारी दिएका थिए ।