Saturday, 26, September, 2020 info@saipalnews.com

नेकपाको सचिवालय बैठक शुरु

फागुन १० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बसेको बैठकले सुशासनको सवालमा पार्टीभित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सचिवालयमा बैठकमा गोकुल बाँस्कोटालाई पार्टीको  साधारण सदस्यबाट समेत कारवाही गर्न माग गर्ने तयारी रहेको छ । गोकुल बाँस्कोटाले कमिसन वापत ७० करोड माग गरेको  अडियो प्रधानमन्त्रीलाई दुई महिना अगाडी प्राप्त भएको भएपनि पार्टीलाई जानकारी नगराउनुको कारण माग्ने कुरा भइरहेको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।  बैठक अहिले प्रधानमन्त्री कार्यालयमा चलिरहेको छ ।