Sunday, 20, September, 2020 info@saipalnews.com

प्रधानमन्त्रीद्वारा बाँस्कोटालाई निलम्वन गर्न अस्वीकार

फागुन १० काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको बालुवाटारमा जारी सचिवालय बैठक सकिएको छ ।संचारमन्त्री गोकुल बाँस्कोटा एउटा घुस प्रकरणमा फसेर पदमुक्त भएपछि छलफलकालागि बसेको सचिवालयमा बैठकमा बाँसकोटालाई पार्टी सदस्यताबाट समेत निलम्वन गरेर कारवाही गर्नुपर्ने कुरा उठेको थियो ।

सचिवालयमा गोकुल बाँस्कोटाको पार्टी सदस्यता निलम्वनको कुरा उठ्ने बित्तिकै प्रधानमन्त्री केपी ओलीले बाँस्केटाका सन्दर्भमा सरकारी तवरबाट छानविन भइरहेकोले पार्टी सदस्यताबाट निलम्वन गर्न नहुने भन्दै अडान लिएका थिए । सचिवालय बैठकमा हिजो एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन पेश भएको छ । अध्ययन प्रतिवेदनका सन्दर्भमा आउने सचिवालय बैठकमा छलफल हुने जानकारी प्राप्त भएको छ ।