Tuesday, 20, October, 2020 info@saipalnews.com

बाँस्कोटालाई तत्काल कारबाही गर्नुपर्छ : सचेतक देव गुरु

फागुन १० काठमाडौँ । नेकपाका प्रमुख सचेतक देव गुरुङले गोकुल बास्कोटाको अडियो प्रकरण दुःखद परिघट्ना भएको बताएका छन् । तत्कालिन सञ्चारमन्त्री बाँस्कोटाले कमिसनको बारे कुरा गरेको अडियो बाहिर आएको अडियोकै भरमाको कति दोषी भन्न नसकिने र यसको  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नु पर्ने बताए ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख सचेतक गुरुङ भने, ‘घोटाला भएको हो या होइन भन्ने विषयमा गम्भिरतापूर्वक छानबिन हुन्छ । र, दोषीउपर आवश्यक कारबाही प्रक्रिया पनि अघि बढ्नुपर्छ । ग्लोबल टेण्डरबिना सेक्युरिटी प्रिन्टिङ प्रेस जिटुजी अर्थात सरकार(सरकारबीच सम्झौता गरेर खरिद गर्नु कति उपयुक्त हो वा होइन भन्ने पूर्नविचार गर्नुपर्ने उनले बताए । उनले भने, ‘कानूनी रुपमा ग्लोबल टेण्डरको प्रक्रियाअनुसार जानुपर्ने थियो भन्ने देखिन्छ । तर सर्टेन कम्पनीसँग मात्रै एग्रिमेन्ट गरेर जाने जुन ट्रेण्ड देखिरहेको छ, त्यसले पनि प्रश्न उठेको छ ।’

नीतिगत विषय संसदीय समितिले पनि हेर्ने भन्दै उनले निवर्तमान सञ्चारमन्त्री बास्कोटाबाट भ्रष्टाचार भए नभएको चाहीँ कानूनी रुपमा हेर्ने वा छानबिन हुनुपर्ने बताए । नेकपा स्थायी कमिटी सदस्य गुरुङ भन्छन्, ‘मलाई लाग्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रक्रियाबाट सहज हुनेछ ।’

कुनै पनि भ्रष्टाचारलाई छुट दिनु हुँदैन भनेर स्वयंम प्रधानमन्त्रीले भनेको स्मरण गर्दै उनले कुनै पनि भ्रष्टाचार विरुद्धमा सरकार उभिने विश्वास व्यक्त गरे । उनले भने, ‘यो केशको सवालमा पनि उपयुक्त छानबिन गरेर दोषीउपर आवश्यक कारबाही प्रक्रिया अघि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।