Friday, 25, September, 2020 info@saipalnews.com

सरकारलाई आन्दोलनबाट जवाफ दिन्छौ : उपेन्द्र यादव

फागुन १० बुटवल । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको मागलाई बेवास्ता गरेको भन्दै सरकारलाई अब आन्दोलनबाटै जवाफ दिने चेतावनी दिएका छन् । शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजित एक आमसभामा बोलदै यादवले पार्टी आन्दोलनको आन्तरिक तयारी गररिरहेको बताएका छन् । ‘मधेसी, थारु र जनजातिलाई अधिकार दिन नखोज्ने सरकारलाई आन्दोलनबाटै जवाफ दिने अध्यक्ष यादवले दाबी गरेका छन् ।

राज्यले पैसा र अनुहार हेरे नागरिकता दिने गरेको तर नेपाल बन्नुभन्दा मधेशमा बसोबास गरेका थुप्रै नेपालीका सन्तानहरुले नागरिकता पाउन नसकेको उनले बताए ।  आफूहरु विदेशीलाई नागरिकता दिन हुन्न भन्ने पक्षमा रहेको स्पष्ट पार्दै नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण रहेकाले नागरिकता ऐनलाई सच्याउन माग गरे ।

नागरिकतामा लैंगिक असमानता पनि रहेको उनको भनाई थियो । ‘महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्छ’ यादवले भने, ‘जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्छ ।केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको र पुर्ण रुपमा असफल भएको दाबी ठोकुवा गरेका छन् ।