Sunday, 06, December, 2020 info@saipalnews.com

छाया सरकारका प्रधानमन्त्रीको, मन्त्रीहरुलाई निर्देशन भष्टाचारीको रिपोर्टिङ गर्नुस्

फागुन ११ काठमाडौं । नेपाली कांग्रेसको छाया सरकारको पहिलो मन्त्रिपरिषदको बैठक बसेको छ । पहिलो पटक बसेको बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छायाँ मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ । बैठकपछि राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भयानक छ । यसबारे सम्बन्धित छाया मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको जानकारी दिएको छ ।