Friday, 18, September, 2020 info@saipalnews.com

त्रिवेणी एफ एमको १० औँ वार्षीक उत्सब भब्यताका साथ मनायो

फागुन ११ डोटी । सुदुरपश्चिमको डोटी जिल्लाबाट प्रशारण हुँदै आएको सामुदायिक रेडीयो त्रिवेणी एफ एम ९४।४ मेगाहर्ज डोटीले १० वर्षमा प्रदेश गरेको छ । यो अवसरमा रेडियोले विभिन्न कार्यक्रम गरी वार्षीक उत्सब मनाइ रहेको छ । वार्षिक उत्सवको अवसरमा शुदुर पशिच्म प्रदेसको एउटा मात्र बाल सुधार गृहमा रहेका बालबालिकालाई रेडियो तथा फलफुल वितरण गरिको रेडियोका स्टेशन मेनेजर कर्णचन्दले जानकारी दिनुभयो ।

कार्यक्रममा स्टेशन मेनेजर कर्ण चन्दको अध्यक्ष दिपालय सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासीको प्रमुख आतिथ्यता र सायल गाँउपालिकाका अध्यक्ष तेज डुम्रेल, बोगटान फुर्सिल गाँउपालिकाका अध्यक्ष कमल गडसिला, डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलको विशिष्टि आथिती रहनु भएको थियो । कार्यक्रममा सहभागि अतिथीहरुले रेडियो त्रिवेणीले अहिलेसम्म जनता सवालहरु बोल्दै आएको र आगामी दिनमा जनगुनासो र समस्या समेटिएर अगाडि बढेनु पर्ने उहाँहरुको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य रामहरी ओझा, पत्रकार महासंघ डोटी शाखाका सचिब गणेश मौनी, एफएमका पुर्व स्टेशन मेनेजर प्रकास बम, रेडियो डोटीका प्रबन्धक निर्देशक चक्र कुँबर, पत्रकार झलक पाली, नबराज जोशी, सुबास नेपाली, बालसुधार गृहका प्रमुख सानुमाया लिम्वु लगायत त्रिबेणी एफ एम मा   कार्यरत कर्मचारी हरुको समेत उपस्थिति रहेको थियो ।

वालसुधार गृहमा सुदुरपच्चिमका नौ वटै जिल्लाका करिव ५१ जना बालबालिकाहरुले रेडियो प्रतिको विश्वास र रेडियोले समाज प्रतिको भस्मिकाबारेमा जानकारी गराउने उदेश्य रहेको स्टेसन म्यानेजर कर्ण चन्दले जानकारी दिनु भएको छ । क्षेमता भन्दा बढी बालबालीका रहेको बाल सुधारगृहका बालबालिकाको लागि भनी तिन सेट रेडियो सहित फलफुल वितरण गरेको छ ।

बालसुधाारमा आयोजित कार्यक्रममा प्रमुख अतीथी रहनु भएका प्रमुख मलासीले उक्त गृहका प्रमुख सानुमाया लिम्बुलार्इ औपचारीका रुपले फलफुल र रेडियो हस्तान्नतरण गरेको रेडियोका स्टेशन म्यानेजर चन्द ले जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै स्थानीय तहका ३ जना प्रमुख ज्युहरुले रेडियो र हाम्रो सम्बन्ध नजिकै भएर रेडियोलार्इ अगाडि वढाउन विभिन्न माध्यमबाट सहयोग गर्ने पनि प्रतिवद्धता जाहेर गर्नु भएको छ।

२०६७ साल फागुन ११ गते परिक्षण प्रशारण प्रारम्भ गरेको रेडियोले एक दशकदेखी  रेडियोले बिहान ५ बजे देखि राति ११ बजेससम्म विभिन्न समाचार तथा कार्यक्रमका बुलेटिन प्रशारण गर्दै आएको रेडियो सुदुरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, अछाम, बझांग, बैतडी र कर्णाली प्रदेशका सूर्खेत, दैलेखमा रेडियोको प्रशारणलाई सुन्न सकिन्छ । र रेडियो त्रिवेणी एफएम डोटी जिल्लाको एक मात्र ५ सय मेगावाटको रेडियो हो ।