Monday, 18, October, 2021 info@saipalnews.com

६९ औँमा यसरी सम्झिए प्रधानमनत्रीले पुख्यौली घर

फागुन ११ तेह्रथुम । प्रधानमन्त्री केपी ओलीले  तेह्रथुमको आफ्नै जन्मघरमा आइतबार जन्मदिन मनाएका छन्।  पीता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायतको उपस्थितिमा ओलीले ६९ औं जन्मदिन मनाएका हुन्।ओली २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसको सल्ले हाल आठराई गाउँपालिका ४ मा जन्मिएका हुन्।

ओलीले पहिलो पटक जन्मघरमा पुगेर जन्मोत्सवको केक काटेका हुन्। ओलीले केक काटेर श्रीमती राधिकालाई खुवाए।  उनको जन्मघरमा ३० मिनेटसम्म पालैपालो ओलीलाई शुभकामना दिएका थिए।

जन्मदिनको केक काट्नुअघि उनले आफ्नो पुख्र्यौली घरको अवलोकन गरेका थिए।  घरको भित्रबाहिर वरिपरी करिव दश मिनेटसम्म चहारे।  गम्भीर देखिएका प्रधानमन्त्री ओली जन्मदिनको विशेष समारोहमा भावुक पनि बनेका थिए ।ओलीले जन्मदिनमा सय बढी जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै एक हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साटेका छन्।  कार्यक्रममा ओलीले बाल्यकाल सम्झदै नजिकै रहेको तमोर नदीको किनारै किनार खाली खुट्टा हिँडेको सम्झिए।