Thursday, 22, October, 2020 info@saipalnews.com

बास्कोटाले बजायो छाया सरकारको घन्टी

फागुन ११ काठमाडौं । नौ महिनासम्म निष्क्रियजस्तै रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसको छायाको पहिलो बैठक आइतबार बसेको छ । बैठकमा छाया प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक मन्त्रालयको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन् ।काग्रेसले ६ जेठमा २१ वटा मन्त्रालयगत समिति बनाएको थियो र संयोजक र सदस्यहरु तोकेको थियो ।

सामान्यत छाया सरकारमा मन्त्रीहरु मात्र तोकिने भए पनि कांग्रेउसले नेताहरुको भागवण्डा मिलाउन संयोजकसँगै सदस्यहरु तोकेको थियो ।गठन भएको लामो समयसम्म कांग्रेसको छाया सरकारले संसदमा भूमिका देखाउन सकेन । छाया मन्त्रीहरु आफ्नो मन्त्रालय र त्यसले हेर्ने विषयभन्दा निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिका मुद्दाहरुमा केन्द्रित भएर बोल्न व्यस्त भए ।

कांग्रेस संसदीय दलका नेता एवं छाया प्रधानमन्त्री देउवाले आइतबार पहिलो पटक छाया मन्त्रीहरुको बैठक राखेर छाया मन्त्रीहरुले केके भइरहेको छ भन्ने सोधीखोजी गरेका छन् । र, कडा शब्दमा निर्देशन दिएका छन्, ‘गोकुल बास्कोटाको अडियो यो सरकारले कति भ्रष्टाचार गरिरहेको छ भन्ने प्रमाण हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारको २ वर्षे समीक्षामा पनि छाया सरकार कतै देखिएन ।तर ८ फागुनमा सार्वजनिक एउटा अडियोले तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा त दिनुपर्‍यो नै, छाया सरकारलाई पनि ब्यूँझाएको छ ।

कांग्रेस संसदीय दलका नेता एवं छाया प्रधानमन्त्री देउवाले आइतबार पहिलो पटक छाया मन्त्रीहरुको बैठक राखेर छाया मन्त्रीहरुले केके भइरहेको छ भन्ने सोधीखोजी गरेका छन् । र, कडा शब्दमा निर्देशन दिएका छन्, ‘गोकुल बास्कोटाको अडियो यो सरकारले कति भ्रष्टाचार गरिरहेको छ भन्ने प्रमाण हो । यस्तो भ्रष्टाचार अरु मन्त्रालयमा पनि भइरहेको छ । त्यसको खोजी गर्नुस् ।’

उनले मन्त्रालयगत भ्रष्टाचारका विषयमा अध्ययन गरी प्रत्येक महिना संसदीय दललाई जानकारी गराउन निर्देशन दिएका छन् । छाया संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अत्तहरकमाल मुसलमानले भने, ‘सभापतिले अहिलेसम्म जे जस्तो भए पनि अब भूमिका बढाएर जानुपर्छ भन्नु भएको छ ।’

अब प्रत्येक महिना छाया मन्त्रिपरिषदको समिक्षात्मक बैठक बस्ने देउवाले बताएका छन् । ‘सञ्चार मन्त्रालयमा जस्तै नीतिगत भ्रष्टाचार अन्य मन्त्रालयहरुमा पनि छन् । छाया मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको छ’ बैठकपछि कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र नेता पाण्डेले भने ।

देउवाको सम्बोधनपछि छाया मन्त्रीहरुले आफ्ना गतिविधिबारे रिर्पोटिङ समेत गरेका छन् । ‘सैद्धान्तिक रुपमा मन्त्रालयत गतिविधि र अस्पष्टताबारे राखेका छौं । अर्को बैठकदेखि विस्तृत छलफल होला’ छाया उर्जामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने ।

सरकार कानुनी रुपमै अधिनायकतर्फ उन्मुख

रिपोर्टिङका क्रममा छाया मन्त्रीहरुले सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुको निष्कर्ष छ, ‘सरकार कानूनी रुपमा नै अधिनायकवादतर्फ उन्मुख भइरहेको छ ।’

सूचना प्रविधि विधेयकलाई चाहेर पनि रोक्न सकेनौं । सरकारसँग बहुमत छ, हाम्रो कुरा सुनिन्न । त्यसैले सडकबाट दवाव दिने गरी रणनीति चाहियो’ छाया सञ्चारमन्त्री बहादुर सिंह लामाले माग गरे । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा लामाले सूचना प्रविधि विधेयकमा संशोधन हालेका थिए ।

तर समितिले कांग्रेस सांसदहरुको असहमतिलाई बहुमतले अस्वीकृत गर्दै विधेयक पास गरेको थियो ।छाया कानुनमन्त्री राधेश्याम अधिकारीले प्रधानमन्त्रीले सेना परिचालन गर्ने, सेनाभित्र गुप्तचरसम्बन्धी संयन्त्र गठन गर्ने, हरेक संरचनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको केन्द्रिकृत नेतृत्व कायम गर्ने गरी विधेयकहरु आएको र यो सरकार कानुनी रुपमै अधिनायकवादतर्फ उन्मुख हुँदै गएको धारणा राखेका छन् ।

छाया रक्षामन्त्री भीमसेनदास प्रधानले सेनाभित्र गुप्तचर रहने गरी आएको सैनिक ऐनलाई रोक्न पार्टीले औपचारिक निर्णय गर्नुपर्ने बताए । ‘राणा, पञ्चायत र राजाको पालामा सेनाभित्र गुप्तचर चाहिएन, गणतन्त्रमा किन चाहियो रु’ उनले भने ।

बैठकमा प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले छाया मन्त्रीहरुलाई क्यालेण्डर बनाएर काम गर्न र त्यसबारे नियमित रिपोर्टिङ गर्न आग्रह गरेका छन् । ‘सिस्टममा रहेर काम गर्‍यौं भने परिणाम दिन सक्छौं, होइन भने अनेक कोणबाट कांग्रेसमाथि प्रश्न उठेका छन । संसदमा प्रतिपक्षीको खोजी भइरहेको छ । छाया सरकार कहाँ छ रु भनेर आउन थालेका छन्’ खाँडले भने ।

प्रभावशाली’ छायामन्त्री अनुपस्थित

छाया सरकार गठन भएको ९ महिनापछि बसेको पहिलो बैठकमा २१ छायामन्त्री, प्रतिनिधिसभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रयसभा संसदीय दलका नेतालाई बोलाइको थियो । तर ‘प्रभावशाली’ सात छायामन्त्री अनुस्थित रहे ।

७ मन्त्री भने अनुस्थित रहे ।

छाया गृहमन्त्री दिलेन्द्रप्रसाद बडू, छाया अर्थमन्त्री मिनेन्द्र रिजाल, छाया परराष्ट्रमन्त्री नारायण खड्का, छाया शिक्षामन्त्री गगन थापा, छाया उद्योगमन्त्री मीन विश्वकर्मा, छाया सहरी विकासमन्त्री उमाकान्त चौधरी र छाया भौतिक पूर्वाधारमन्त्री सञ्जयकुमार गौतम अनुपस्थित रहे ।नेताहरु राजधानी बाहिर रहेकाले बैठकमा आउन नपाएको एक छायामन्त्रीले जानकारी दिए । यो समाचार अनलाइनखबरमा छ ।