कास्की । प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आजदेखि पोखरामा शुरु भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न २० राष्ट्रका ८९ खेलाडी सहभागी छन् ।
एक/दुई जना खेलाडी आज साँझसम्म थप हुने अनुमान आयोजकको छ । प्रतियोगिता आगामी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । ‘एशियन टुर’मा नेपालसहित अमेरिका, बेलायत, फ्रान्स, जापान, भारत, कोरिया, स्वीट्जरल्याण्ड, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका देशका पाइलट सहभागी रहेको प्रतियोगिता संयोजक एवं नाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताउनुभयो ।

नेपालका १५ जना खेलाडी सहभागी भएको भट्टराईले जानकारी दिनुभयो । यस टुरबाट पाँचदेखि आठ जना खेलाडी विश्वकपका लागि छनोट गर्ने योजना छ । यस वर्ष नेपालसहित इन्डोनेसिया र चीनमा तय भएको एशियन टुरबाट छनोट भएका खेलाडीहरु ‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने छन् ।
एयिशाली मुलुकबाट विश्वकपमा सहभागी हुने खेलाडी न्यून रहेको अवस्थामा यस प्रतियोगिताले एशियाली खेलाडीको सङ्ख्या बढाउने विश्वास लिइएको छ । एफएआई ९फेडेरेशन एरोनोटिक इन्टरनेशनल०बाट लाइसेन्स प्राप्त गरेको र वल्र्ड पाइलट ¥याङकिङमा आवद्ध पाइलटहरु मात्र प्रतियोगितामा सहभागी रहेको हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
‘क्रसकन्ट्री’ विधाको प्रतिस्पर्धामा समग्रमा विजेता बन्न सफल पहिलोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने जनाइएको छ । त्यसैगरी महिला च्याम्पियसनसीप, टिम च्याम्पियनसीप र नेपाली च्याम्पियनमा पहिलोदेखि पाँचौँ स्थानसम्मका विजेतालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकूदको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पु¥याउनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रतियोगिताले मद्दत पुग्ने दाबी आयोजकको छ ।