Sunday, 27, September, 2020 info@saipalnews.com

प्रधानमन्त्रीले दिए राजीनामा

फागुन १२ काठमाडौँ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । उनले ट्वीटमार्फत राजीनामाको घोषणा गरेका हुन् चार दशकदेखि मलेसियाली राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री थिए । २०१८ मा नजीब रज्जाहलाई हराएर फेरि सत्तामा आए ।

त्यसबेला उनले अनवर इब्राहिमसँग गठबन्धन गरेका थिए । महाथिरले पनि समय आएपछि सत्ता सुम्पने आश्वासन लिएका थिए । पछिल्लो समय त्यही विषयलाई लिएर महाथिर र ७२ वर्षीय अनवर इब्राहिमबीच विवाद बढेको बताइएको छ ।त्यही कारण उनले सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएका हुन् । तर महाथिर नयाँ गठबन्धन बनाएर फेरि सत्तामाआउने अनुमान पनि हुन थालेको छ ।