Sunday, 25, October, 2020 info@saipalnews.com

सांसद प्रेम आले मगर जग्गा दलाल भएको मिश्रले गरे सनसनीपुर्ण खुलाशा (भिडियो सहित)

फागुन १२ काठमडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणका स्वीस एजेन्टको रुपमा चर्चित विजयप्रकाश मिश्रले नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट निर्बाचित डोटीका प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेमगर जग्गा दलाल भएको आरोप लगाएका छन ।

प्राईम टेलिभिजनको जनता जान्न चाहान्छन कार्यक्रममा शनिबार पत्रकार ऋषि धमलासँग अन्तरवार्ता दिदै डोटीका सार्वजजिक लेखा समितिका सदस्य तथा डोटीका साँसद आलेमगर साँसदको भूमिकामा भन्दा पनि जग्गा दलाली गर्ने, पत्रकारलाई कित्ता काट गराउने, साँसदहरुलाई कित्ता काट गराउने, कुटनीतिक नियोगका विरुद्धमा मिडियामा बोलेर एजेन्टको रुपमा सकृय रुपमा काम गरेको बताउनु भएको छ । उहाँले आफ्ना साँसदहरुलाई ठिक ठाउँमा राख्न प्रधानमन्त्री र पार्टी अध्यक्षलाई समेत आग्रह गरेका छन्।

अर्कोे समितिका सदस्य साँसद सूर्य पाठक पनि एजेन्टको रुपमा काम गर्ने जापानको पि.आर. प्राप्त नागरिक रहेको बताउदै पाठकलाई छानविन गरि तत्काल साँसद पदबाट निलम्बन गर्नुपर्ने अन्तरवार्ताका क्रममा पाठकले बताएका छन ।

यस्तो पो भन्छन् यी नेता

सुरक्षा प्रेससम्बन्धी भ्रस्टाचार काण्डमा कोको जेल जाँदैछन् ? स्वीस एजेन्ट विजय प्रकाश मिश्रको खुलासा

Geplaatst door Dipayal Raibar op Zondag 23 februari 2020

प्रधानमन्त्री, पार्टी अध्यक्ष र सभामुखले जापानीज राजदुतावास मार्फत जानकारी मागेर यसबारे गम्भीर रुपमा छानविन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

आफुले भ्रष्टाचार विरोधी अभियान थालेको बताउदै मिश्रले आफु यस मुद्दामा कतै नभाग्ने र छानविन गरि दोषीलाई कारवाही गराउन हरतरहले सहयोग गर्ने समेत कुराकानीका क्रममा प्रतिबद्धता जनाउनु भयो ।

आफुले नियतबस सन्चार मन्त्रीसँगको कुराकानी रेकर्ड नगरेको बताउदै मिश्रले रेकर्ड गरिएको सामग्रीले राज्यलाई फाइदा नै पुगेको दाबी दिनु भयो । यो प्रकरणमा साडे ५ अरव भ्रष्टाचार भएको बताउदै आफु यसबाट व्याक नहुने र निर्णयमा पु¥याएर छोड्ने मिश्रले दाबी गर्नु भयो