Saturday, 26, September, 2020 info@saipalnews.com

ओलीलाई भीम रावलको कटाक्षः समृद्धिका लागि हात पसार्ने, जन्मदिन मनाउन यत्रो खर्च किन ?

काठमाण्डौ १२ फागुन । प्रधानमंत्री  केपी शर्मा ओलीले आइतबार तेह्रथुमस्थित जन्मघर पुगेर जन्मदिन मनाएको भोलिपल्ट नेकपाकै अर्का प्रभावशाली नेताले ओलीप्रति ट्विटरमा कटाक्ष गरेका छन्।प्रधानमन्त्रीले ठूलै केक काटेर जन्मोत्सव मनाएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो। खास गरी उनले नेपालको नक्सा आकारको केक काटी जन्मदिन मनाएका थिए।सोही कारण ट्विटर र फेसबुकमा ओलीको आलोचनात्मक चर्चा बढी भएको थियो। तर सोमबार नेकपाकै नेताले ओलीको जन्मोत्सव मनाउने शैलीप्रति कडा धारणा व्यक्त गरेका हुन्।