Saturday, 31, October, 2020 info@saipalnews.com

बाँस्कोटालाई कारवाही गर्न नेता रावलको माग

फागुन १२ काठमाडौँ । नेकपाका प्रभावशाली तथा राष्ट्रबादी नेता भीम रावलले भ्रष्टाचारीहरुलाई कडा कारबाही हुनुपर्ने बताउनु भएको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा लक्षित गर्दै सुरक्षण  मुद्रणालय भ्रष्टाचार प्रकरणको गहिराईमा गएर राज्य,सरकार र पार्टी सबै तहबाट भ्रष्टाचारीलाई कारबाही गर्नु जनता देश र नेकपाको हित सुशासनका लागि आवश्यक रहेको भन्दै नेता रावलले टुट् गरेका छन् ।

भ्रष्टाचारी नेकपा मात्र नभएर देशका कलंक भएकाले यस्ता कलंकलाई तत्काल कारबाही गर्न आवश्यक रहेको नेता रावलले आफनो ट्विटरमा उल्लेख गरेका छन् । कसैलाई स(साना मुद्धामा ठुलो प्रहार हुने र कसैलाई भम्भीर भष्टाचारमा केही नहुने गल्ती कहाँबाटै पनि हुनहुदैन ।