Thursday, 24, September, 2020 info@saipalnews.com

कलङ्कीमा ठुलो दुर्घटना एकको मृत्यु, चार घाइते

फागुन १२ काठमाडौँ । कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिएको जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका चार जनाको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।