Wednesday, 21, October, 2020 info@saipalnews.com

मन्त्री पाउने लोभले राष्ट्रपतिको नागरिक अभिनन्दन

फागुन १३ बैतडी । म मन्त्री वन्न सजिलो हुन्छ” त्यसैले राष्ट्रपति विद्यादेवी भण्डारीको नागरिक अभिनन्दन गर्न सहयोग गरिदिनुस । यो भनाइ बैतडीबाट निर्वाचित दामोदर भण्डारीको हो । भण्डारीले नेपाली कांग्रेसबाट निर्वाचित बैतडीको दशरथ चन्द नगरपालिका र पाटन नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारीलाई यस्तो आग्रह गरिरहेको बताइएको छ ।

भण्डारी मन्त्री बन्दा जिल्लाको विकासमा मद्त पुग्छ भन्ने मान्यताले कांग्रेसबाट निर्वाचित मेयरहरु पनि राष्ट्रपतिको नागरिक अभिनन्दन गर्न सहमत भएको स्रोतको दाबी छ । अभिनन्दनको अनुनय विनय गर्न भण्डारी एकसातादेखि बैतडीमा रहेका छन ।

राष्ट्रपति भण्डारीलाई फागुन १६ गते बैतडीमा नागरिक अभिनन्नदन गरिने भएको छ । स्थानीय वुद्धिजीविहरु भने नागरिक अभिनन्दनलाई तत्कालिन राजा ज्ञानेन्द्रको देश दौडाहा शैलीसंग जोडेर ब्यंग्य गर्न थालेका छन् । ज्ञानेन्द्रले आफ्नो शासनकालमा आफु कमजोर हुन थालेपछि नागरिक अभिनन्दनको सहारामा शक्ति आर्जन गर्ने प्रयत्न गरेका थिए । नागरिक अभिनन्दनका नाममा देश दौडाहामा निस्केका राजा ज्ञानेन्द्रले नागरिक अभिनन्दन भन्दै जनतालाई सास्ती दिन थालेपछि उनी आलोचित बनेका थिए ।

भण्डारीले तत्कालिन एमालेको नवौ महाधिवेशनमा मन्त्री हुने आश्वासन पाएपछि आफूले जितेको केन्द्रीय सदस्य पद महाधिवेशनमा हारेका कर्ण थापालाई सुम्पेका थिए । केन्द्रीय सदस्य छोडेवपत उनलाई केपी ओलीको अघिल्लो कार्यकालमा अर्थ राज्यमन्त्री बनाइएको थियो ।

यसपटक कालापानी क्षेत्रको भ्रमणमा जाँदा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले दुईपटक निर्वाचित सांसद गणेश ठगुन्नालाई मन्त्री बनाउने आश्वासन सहित सार्वजनिक रुपमा भाषण गरेपछि ठगुन्नालाई रोक्न कैलालीका नारदमुनी राना डोटीका प्रेम आले र बैतडीबाट प्रतिनिधित्व गर्ने भण्डारी एक जुट भएको बताइएको छ ।

बैतडीका सांसद भण्डारी  राष्ट्रपति भण्डारीको कोटाबाट जसरी भए पनि मन्त्री बनिछाड्ने भन्दै राष्ट्रपति भण्डारीलाई खुसी बनाउने अभियानमा लागेका छन् । सांसद भण्डारीले आफूलाई मन्त्री बनाइदिन पहल गर्ने जिम्मा निवर्तमान सञ्चारमन्त्री गोकुल वाँस्कोटालाई दिएका थिए ।

पद प्राप्तीका लागि उनले तत्कालिन संचारमन्त्री गोकुल बांस्कोटा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई डडेल्धुरा लगेका थिए । अघिल्लो भ्रमणमा भण्डारीले बाँस्कोटाको सवारी मन्त्रीकारुपमा जिम्मेवारी पुरा गरेका थिए । मन्त्री बाँस्कोटा सत्तरी करोड घुसकाण्डमा फसेपछि बिछिप्त बनेका भण्डारीले राष्टपतिलाई नागरिक अभिनन्दन गरेर मन्त्री पद प्राप्त गर्न खोजेको चर्चा चलेको छ ।