Saturday, 24, October, 2020 info@saipalnews.com

डोटीका बिपन्न महिलाहरुलाई बाख्रा उपहार

फागुन १४ डोटी । बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बम द्घारा बिपन्न महिलालाई बाख्रा वितरण गर्नुभएको छ। ‘महिलासंग उपाध्यक्ष’ कार्यक्रम अन्तरगत गाउँपालिकाका ७ वडाका ३५ जना एकल तथा बिपन्न महिलालाई बाख्रा वितरण गरिएको हो ।

थोरै मात्र भएपनी आय आर्जन होस भन्ने उदेश्यका साथ अत्यन्त बिपिन्न तथा एकल महिलाका लागि कार्यक्रम संचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष भगवती बमले बताउनु भयो ।गाउँपालिका भित्रका सातै वडाका ५/५ जना महिलाई बाख्रा उपाहर स्वरुप सहयोग गरेको उपाध्यक्ष बमले जानकारी दिएकी छन् ।

साथै गाउँपालिकाबाट उपहारको रुपमा बाख्रा पाएपछि बिपिन्न तथा एकल महिलाहरु पनि खुसी भएका छन् । समान्य भएपनी आयस्रोत प्राप्त गर्ने केही आधार थपिएको भन्दै उनिहरुले खुसी ब्यक्त गरेका हुन । महिलासँग उपाध्यक्ष अन्तरगतका अन्य कार्यक्रम क्रमश हुने गाउँपालिकाले जानकारी दिएको छ ।