Tuesday, 29, September, 2020 info@saipalnews.com

दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ भेटियो

फागुन १६ दैलेख । दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा लाइनमा सेस्मिक सर्भे सम्पन्न भएको हो ।

सर्भेमा भेटिनु भएका खानी तथा भूगर्भ विभागका भूगर्भबिद् डा गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाइनमा बुधवार काम सम्पन्न भएको हो । उहाँले माघको दोस्रो साताभित्र सर्भे सम्पन्न गर्ने भनिए पनि बर्षाका कारण काम प्रभावित भएपछि फागुनको पहिलो साता काम सम्पन्न भएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।