Tuesday, 20, October, 2020 info@saipalnews.com

गायक कुँवरले ल्याए यस्तो राष्ट्रभक्ती गीत

काठमाडौँ । युवा गायक सुवाश कुँवर युवा पुस्तामा राष्ट्रभक्ती गीत गाउने कलाकार मध्यका एक हुन् । लगभग एक दर्जन गीत गाइसकेका कुँवरका हरेक गीतमा देशभक्ती भाव पाइन्छ ।सगरमाथाको शिरदेखि तराईका फाटसम्मका भाव अभाव पीडा भोगाई समेटेएर गायक कुँवरले गीतमा उतार्ने गरेका छन् ।

 माया पे्रमका भाव भन्दा पनि देशभक्ती भावलाई स्वरको माध्यबाट गीतमा उतार्न माहिर कुँवरले आज फेरी अर्काे देशभक्त गीत रेकर्ड गराएका छन् । उक्त गीतमा पुरुष तर्फको स्वर गायक कुँवरकै छ । भने महिला तर्फको स्वर नव गायिक तारा थापाको रहेको छ । उक्त गीतको शब्द एरेन्ज रोजेन्द्र सुवेदीले गर्नु भएको छ ।

आज रेकर्ड भएको उक्त गीत केहीदिनमा बजारमा आउने गायक कुँवरले जानकारी दिनुभएको छ ।