Sunday, 06, December, 2020 info@saipalnews.com

प्रधानमन्त्रीले भनेर हुन्छ ! वामदेव राष्ट्रिय सदस्यमा मनोनित हुन्छन् : रक्षा मन्त्री पोखरेल

फागुन १६ मोरङ। रक्षामन्त्री ईश्वर पोखरेलले नेता वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको निर्णय कार्यान्वयन हुने बताएका छन् । तर उनले कार्यान्वयन कहिले हुने भन्ने समय नतोकिएको जिकिर गरे । विराटनगर विमानस्थलमा शुक्रबार साँझ पत्रकारसँगको कुराकानीमा उनले भने ‘नेकपाको सचिवालयको बैठकले कमरेड वामदेव गौतमको बारेमा जुन निर्णय गरेको छ, निर्णय कार्यान्वयन गर्नकै लागि भएको हो र हुन्छ, तर कहिलेदेखि कार्यान्वयन हुन्छ भन्ने बारेमा कुनै समय निर्धारण गरेको छैन ।’