Saturday, 19, September, 2020 info@saipalnews.com

डोटीमा नेकपालाई ठुलो झट्का, दर्जनौ कार्यकता कांग्रेसमा प्रवेश

फागुन १७ डोटी । डपूर्व नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका डोटी जिल्ला सह–संयोजक सहित सिलगढीको एउटा पुरै टोलबासी नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश भएका छन् ।नेकपामा अहम्ता र भ्रष्टाचार मौलाएको भन्दै युवा संघका जिल्ला सह–संयोजक दिनेश केसीसहित दिपायल सिलगढी नगरपालिका–६ को खलङ्गा टोलका बासिन्दा कांग्रेस प्रवेश गरेका हुन् ।

नेकपाका जिल्ला कमिटी सदस्य हरिमाया धामी लगायतका ५० जनाभन्दा बढी स्थानीयबासीन्दा कांग्रेस प्रबेश गरेको कांग्रेस क्षेत्रीय सभापति विजय खड्काले बताए ।  उनीहरु सबैलाई सोही टोलमा आयोजित एक कार्यक्रमकाबीच नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा। रणबहादुर रावलले सदस्यता वितरण गर्दै स्वागत गरेको कांग्रेसले जनाएको छ ।

पार्टी प्रवेशपछि युवा नेता केसीले आफु देश र समाजको भविष्यलाई हेरेर कांग्रेस प्रवेश गरेको दाबी गरेका छन् । उनले भने म कुनै व्यक्तीगत स्वार्थले कांग्रेस प्रवेश गरेको होईन्,’,‘स्वार्थ बोकेको भए अहिले कम्यूनिष्टबाटै बढी पाउथे ।कम्यूनिष्ट पार्टीले राज्य सञ्चालनका क्रममा गरिरहेको भ्रष्टाचार, बदमासी, घुसखोरी र अपराध देखेर मुलूकको भविष्य निकै दयनिय अवस्थामा पुगेको देखेर नेपाली कांग्रेसमा भित्रिएको केसीले बताएका छन् ।