Tuesday, 29, September, 2020 info@saipalnews.com

राष्ट्रवादी नेता भीम रावल माथि भयो धनगढीमा अपमान

फागुन १७ धनगढी ।नेकपा प्रभावशाली तथा  सुदूरपश्चिमका इन्चार्ज भीम रावललाई धनगढी विमानस्थलको भीआइपी कक्ष प्रवेशमा अपमान गरिएको छ । विमानस्थलमा खटिएका सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउदै नेता रावललाई भीआइपी कक्षमा प्रवेश गर्न दिएन् । शनिबार बिहान काठमाडौँबाट धनगढी आएका रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न नपाएको बताएका छन् । पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले आफुलाई वीना जानकारी भीआइपी कक्षमा जान नदिएका रावलले बताएका छन् ।

उहाँहरुले माथीको आदेश पालना गर्ने हो। सबैलाई रोक्ने भए पूर्व जानकारी भएन्। मलाई ट्रली गुडाउने ठाउँबाट बाहिर जान भनियो।’ ट्रली भित्रिने ठाउँबाट रावल बाहिर आएका थिए। सुरक्षाको बारेमा पूर्व जानकारी नभएको भन्दै रावलले आक्रोश व्यक्त गरेका छन्। राष्ट्रपतिको सुरक्षाको व्यवस्थाको बारेमा पूर्व जानकारी नदिएको र विमानस्थलको विशिष्ट कक्षमा अपमान भएको उनको दुःखेसो छ। उनले राष्ट्रपतिको सुरक्षाकोबारेमा आफूलाई जानकारी नभएको बताए। नेता रावल शनिबार धनगढी आउने पूर्व निर्धारित कार्यक्रम हो।