Saturday, 28, November, 2020 info@saipalnews.com

सुदूरपश्चिममा युवा संजाल गठन अध्यक्षमा : शेरबहादुर रावल

फागुन १७ धनगढी । दिगो विकास लक्ष्यको लागि नेपाल युवा संजाल भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशमा प्रदेश स्तरिय युवा संजाल गठन गरिएको छ । सुदूरपश्चिम प्रदेशको विकासको लागि युवाहरुको भूमिकालाई दसाउन संजाल गठन गरिएको हो । अन्य प्रदेश भन्दा सुदूरपश्चिम प्रदेश जलस्रोत र खनिज प्रदार्थले धनी भएकाले त्यसको प्रचार प्रसार र उत्खन्नको लागि युवाहरु भूमिका महोत्वपुर्ण रहेकोले संजाल गठन गरिएको जनाएको छ ।

 शेरहादुर रावलको अध्यक्षतामा गठन भएको कार्यक्रमको प्रमुख अथिति प्रदेशसभा सदस्य कुन्ती जोशी रहनु भएको थियो । भने अध्यक्ष रावलकै नेतृत्वमा १९ सदसीय कार्यसमिति पनि गठन गरिएको छ ।

जस्मा प्रदेशका सबै जिल्लाका युवाहरुको सहभागिता रहेको छ । जस्तै उपाध्यक्ष दिपा रावत,सचिव तपेन्द्र बिष्ट,सहसचिव हिमेश थापा,कोषाध्यक्षजोतिशा चन्द,सदस्य रक्षा बम,राजिव शाह ,मुकुन्द दिप मडाई,पदमकला जोशी, रहेका छन् भने जिल्ला संयोजकहरू समेत तोकिएका छन ।

बाजुराको संयोजकमा केशव बोहरा, बझाङको संयोजकमा नरेश रोकाया, अछामको संयोजकमा पुजा बुढा, डाटीको संयोजकमा निसा मलासी,डडेल्धुराको संयोजकमा सन्जना पाठक, कैलालीको संयोजकमा नरेश कार्की, कञ्चनपुरको संयोजकमा अन्जली केसी,बैतडीको संयोजकमा खेमराज अवस्थी र दार्चुलाको संयोजकमा  हरिश बडाल रहेका छन् । भने कार्यक्रमको सहजिकरण नेपाल युवा संजालका राष्ट्रिय संयोजक अमृत देवकोटाले गर्नु भएको थियो ।