Wednesday, 02, December, 2020 info@saipalnews.com

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल शुरु :उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौंं १८फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल सुरु भएको दाबी गरेका छन् ।नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सजाल इन्जाले आज काठमाण्डौंमा गरेको कार्यक्रममा उनले सरकार गठन भएको दुई वर्ष पुगे लगत्तै अविश्वासको प्रस्ताव ल्याउने खेल सुरु भएको जिकिर गरे ।उपप्रधानमन्त्री पोखरेलले नेपाली राजनीतिज्ञहरु मनोरोगले ग्रसित हुँदै गइरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीभित्र पनि त्यस्ता मनोरोगीहरु रहेको टिप्पणी गरे उनले सत्ता र कुर्सी नै सर्वोपरी ठान्नेले मुलुकको विकास र समृद्धिमा सहयोग गर्छन् भन्ने विश्वास गर्न नसकिने दावी गरे ।

उपप्रधानमन्त्री पोखरेलले सरकार सञ्चालनको भर्खर २ वर्ष पुगेको उल्लेख गर्दै यो अवधिमा धेरै नीतिगत सुधार भएको र तीन वर्षभित्र सरकारको परिणाममुखी काम देखिने बताए ।कार्यक्रममा सञ्चारकर्मीहरुले सञ्चार जगतसँग सम्बन्धित कानुनको निर्माण गर्दा आफुहरुसँग कुनै परामर्श नगरेको गुनासो गरेका थिए ।