Thursday, 24, September, 2020 info@saipalnews.com

प्रचण्डसहित सचिवालय सदस्यलाई कुराएर ओली हुइकिए ग्राण्डी तीर

काठमाडौँ १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रभावित भएको छ ।आइतबार बिहान साढे ११ बजे बालुवाटारमा नेकपाको सचिवालय बैठक बोलाइएकोमा पार्टी अध्यक्षसमेत रहेका ओली नेता सिपी मैनालीलाई भेट्न ग्राण्डी अस्पताल गएपछि ढिलाइ भएको हो।पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै सचिवालय सदस्यहरु बालुवाटार पुगे पनि प्रधानमन्त्री ओली नहुँदा बैठक प्रभावित भएको हो ।

ओलीले बैठक बोलाएर आफू भने बालुवाटार बाहिर जाँदा सचिवालय सदस्यहरु कुर्न बाध्य भएका छन् । ओली फर्किएपछि बैठक बस्नेछ । सदस्यहरु भने लामो समय पर्खनु परेकाले रुष्ट भएको छन् ।उपाध्यक्ष वामदेव गौतमको विषयलाई लिएर विवाद चर्किँदै गएका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बस्न लागेको हो।

सो बैठकमा राष्ट्रियसभामा वामदेवलाई राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिस गर्ने विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच उत्पन्न विवादबारे छलफल हुनेछ ।प्रचण्डसहितका नेताहरु वामदेवलाई नै मनोनयनका लागि सिफारिस गर्नु पर्ने पक्षमा छन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष ओली भने अर्थमन्त्री डा।

युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् । यसले गर्दा नेकपा भित्र अध्यक्ष तहमै गम्भीर मतभेद देखिएको छ । सचिवालय बैठकमा यहि विषयमा छलफल केन्द्रित हुनेछ ।देशसञ्चारबाट साभार ।